
काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभर बाढी र पहिरो जानेक्रम बढिरहेको छ । जसका कारण आज पनि देशका विभिन्न सडक अवरुद्ध भएको छ ।
नेपाल प्रहरीले दिएको जानकारीअनुसार बाढीपहिरोले अहिले ५ वटा सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
संखुवासभाको कोसी राजमार्ग, पाँचथरको मेची राजमार्ग, पाँचथरकै तमोर करिडोर सडक, रसुवाको पासाङ ल्यामु सडक र रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर सडक पूर्णरुपमा अवरुद्ध छ ।
त्यसैगरि काठमाडौँ–नुवाकोट सडक, बागलुङको कालीगण्डकी करिडोर सडक तथा नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, रोल्पाको सहीद राजमार्ग एकफर्ती मात्रै खुलेका छन्।
अवरुद्ध सडकको पहिरो हटाउनेसहित मर्मतको काम जारी रहेको प्रहरीले जानकारी दिएको छ ।















