काठमाडौं । पाँचथर जिल्ला भएर बग्ने तमोर नदीमा जलसतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान एक सूचना जारी गर्दै नदीको जलसतह बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

विभागका अनुसार, पाँचथरस्थित माझीटार जलमापन केन्द्रमा आज बिहान ०६ः४० बजे गरिएको मापनमा तमोर नदीको जलसतह सतर्कता तहभन्दा माथि पुगेको हो। नदीमा पानीको बहाव अझै बढ्दो क्रममा रहेकोले बाढी, कटान र डुबानको जोखिम बढेको विभागले जनाएको छ ।














