Logo
Logo

आज काठमाडौंसहित ३१ जिल्लामा बाढीको जोखिम


567
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज विभिन्न ३१ जिल्लामा बाढी आउने सम्भावना रहेको बताएको छ ।

महाशाखाले बुलेटिन जारी गर्दै आज काठमाडौं उपत्यकासहित देशका ३१ जिल्ला भई बहने नदी तथा खोलामा आकस्मिक बाढी आउने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।

जसमा ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च छ ।

त्यस्तै आज इलाम, झापा, पाँचथर, धनकुटा, रामेछाप, भोजपुर, खोटाङ, ओखलढुंगा, नुवाकोट, धादिङ रसुवा, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, स्याङ्जा, गोरखा, जाजरकोट, दैलेख, कास्की, पर्वत, म्याग्दी, बागलुङ, लमजुङ, गुल्मी र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको पनि महाशाखाले जनाएको छ ।

महाशाखाले उल्लिखित ३१ जिल्लालाई पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिँदै ती क्षेत्रका खोला÷नदी क्षेत्रमा होसियारी अपनाउन सुझाव दिएको हो ।

प्रतिक्रिया दिनुहोस्