Logo
Logo

केरुङमा रोकिएका नेपालीलाई चीन सरकारले तातोपानी नाकासम्म ल्याइदियो


252
Shares

काठमाडौं । रसुवामा आएको बाढीका कारण मितेरी पुलसमेत बगाएपछि चीनको केरुङमा रोकिएका नेपालीलाई चीन सरकारले तातोपानी नाकासम्म ल्याइदिएको छ ।

नेपाल सरकारको अनुरोधमा चीनको परराष्ट्र विभागले केरुङमा रोकिएका दुई सय तीन जनालाई आज तातोपानी नाका ल्याएर नेपाली पक्षलाई जिम्मा लगाएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारी जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जिम्मा लिएका उनीहरूलाई सीधै काठमाण्डौतर्फ ल्याइने पनि अधिकारीले जानकारी दिए ।

गएको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले पुल र सडक भत्काएपछि नाकाको तिब्बततर्फ रहेका ७२ जना कन्टेनर चालकलाई चीनले नै उद्धार गरेर केरुङ लगेको थियो । उनीहरूलाई चीनले अहिलेसम्म खाने, बस्नेलगायतका सुविधा दिएर राखेको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000