Logo
Logo

बिहानै प्रधानमन्त्रीको स्टाटस- थकित भएको छु


5.1k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिनरात नै लगातार कामको चापले आफू थकित भएको बताएका छन् । शुक्रबार बिहानै सामाजिक सञ्जालमार्फत सो बताएका हुन्। साथै उनले कामले थकित भएका कारण हिजो (बिहीबार)बाहिरका कुनै पनि कार्यक्रममा सहभागी नभएको बतााएका छन् ।

‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ। हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ,’ प्रधानमन्त्रीले भनेका छन् । आज भने उनी खडेरीको कारण सुख्खाग्रस्त बनेको महोत्तरी र बाराको अवलोकनको लागि जाँदैछन् ।

‘आज महोत्तरी र बारा जाँदै छु । तराई मधेसमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन। त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौँ भन्ने लागेको छ। आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ,’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्