
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा जारी छ । सरकारप्रति कांग्रेसभित्रै चर्को असन्तुष्टि बढीरहेका बेला देउवाले मन्त्रीसहितको पूर्वपदाधिकारी र पदाधिकारी बैठक राखेका हुन् ।
बैठकमा शेखर कोइरालादेखि बालकृष्ण खाणसम्म सहभागी छन् । त्यस्तै सरकारमा रहेका गृहमन्त्री रमेश लेखक, कृषिमन्त्री रामनाथ अधिकारी, ऊर्जामन्त्री दीपक खड्का पनि बैठकमा सहभागी छन्।














