Logo
Logo

राष्ट्रपति र सभामुखबीच भेटवार्ता, के भयो कुराकानी ?


378
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । संवैधानिक परिषद विधेयक पुनर्विचारका लागि राष्ट्रपतिले फिर्ता पठाएको भोलिपल्टै सभामुख घिमिरे राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् ।

राष्ट्रपतिले विहीबार संविधानको मर्म विपरीत परिषदको बैठक बस्न र निर्णय गर्न सक्ने प्रावधान रहेको भन्दै विधेयक फिर्ता गरेका थिए । लगत्तै आज बिहान सभामुखले राष्ट्रपतिलाई भेटेर त्यसप्रति चासो व्यक्त गरेका हुन् ।

साथै भेटमा घिमिरेले सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागीता बारेमा पनि राष्ट्रपतिलाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुन उनी २७ जुलाईमा जेनेभा जादैछन् ।

प्रतिक्रिया दिनुहोस्