Logo
Logo

मधेसमा तत्काल ५०० ‘डिप बोरिङ’ जडान हुने 


1.7k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा पानीको समस्यालाई सम्बोधन गर्न तत्काल ५०० डिप बोरिङ जडान गरिने घोषणा गरेका छन् । महोत्तरीको मटिहानी नगरपालिकामा विग्ही नदीको पुल र प्रसूति गृहको उद्घाटन समारोहमा बोल्दै उनले यो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

The current image has no alternative text. The file name is: oli-8.gif

प्रधानमन्त्री ओलीले मधेस प्रदेशमा सिँचाइ र खानेपानीको सङ्कट झेलिरहेका बासिन्दाहरूका लागि तत्काल राहत प्रदान गर्न सरकार कटिबद्ध रहेको बताए । हवाई यात्राका क्रममा उनले मधेसका अधिकांश जमिन सुक्खा देखिएको उल्लेख गर्दै आठवटै जिल्लामा सिँचाइ र खानेपानीको व्यवस्था गर्न सम्बन्धित पक्षहरूसँग समन्वय गरी छिटोभन्दा छिटो समाधान निकाल्ने प्रतिबद्धता जनाए ।

उनले सप्तरी जिल्लामा कोशी नदीका कारण पानीको समस्या कम रहेको बताउँदै बाँकी सात जिल्लामा विशेष ध्यान दिइने उल्लेख गरे । मधेसलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकिएको सन्दर्भमा उनले प्रभावित किसान र जनताका लागि विशेष राहत कार्यक्रमहरू ल्याइने बताए ।

प्रतिक्रिया दिनुहोस्