काठमाडौं । रोटरी क्लब अफ काठमाडौं बेष्टले गत शनिबार दक्षिणकाली नगरपालिका वडा नं ४ स्थित सातमुलमा वृक्षरोपण गरेको छ । साथै, सातमुल परिसरमा निर्माण गरिएको पार्कमा फूलका बिरुवा रोपेर सौन्दर्यकरणसमेत गरेको छ ।

सातमुल खानेपानीको राम्रो स्रोत हो । समयमै उक्त पानीको संरक्षण गर्न सके पानीको मूल संरक्षण गर्न सकिने कुरा स्थानीय रोटरीयन बाबुराजा श्रेष्ठले दृष्टि न्यूजलाई बताए ।
सातमुलको पानी वर्षौंदेखि ललितपुरको भैंसेपाटी, पुल्चोक र जावलाखेलमा वितरण भइरहेको जानकारी पनि श्रेष्ठले दिए । स्वच्छ, सफा वातावरणका कारण सातमुलको पानी निर्मल देखिन्छ । यस मूलको पानी फर्पिङ जलविद्युत्मा समेत उपयोग गरिएको छ ।
सातमुलको संरक्षणका लागि अहिलेदेखि सचेत हुनुपर्ने श्रेष्ठले बताए । वृक्षरोपणका लागि काठमाडौं बेष्टका प्रिसेडेन्ट सुधन बज्राचार्यले हरेक वर्ष सातमुल क्षेत्रमा क्लबले वृक्षरोपण, सरसफाइ गर्ने जानकारी दिए ।











