Logo
Logo

सेवा केन्द्रमा रोटरी


1.1k
Shares

काठमाडौं । हरेक वर्ष जस्तै यस वर्ष पनि रोटरी क्लब अफ काठमाडौं बेष्टले दक्षिणकाली नगरपालिकाअन्तर्गत शेषनारायण मन्दिरस्थित ज्येष्ठ नागरिक स्याहार केन्द्रलाई खाद्यान्न तथा भाँडाकुँडा वितरण गरेको छ ।

क्लबका अध्यक्ष सुधन बज्राचार्य, पिपि किरणकृष्ण जोशी, रमेशमिलन श्रेष्ठ, देशकुमार श्रेष्ठलगायतका रोटरियनहरुले ज्येष्ठ नागरिकहरुका लागि आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् ।

उक्त स्याहार केन्द्रमा १२ जना ज्येष्ठ नागरिकहरु रहेका छन् । रोटरी क्लब अफ काठमाडौं बेष्टले हरेक वर्ष सेवा केन्द्रसँग समन्वय गरेर आवश्यक सामग्री सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्