Logo
Logo

बीवाइडीमय बन्यो ‘नाइमा अटो शो’ (फोटो फिचरसहित)


2.3k
Shares

काठमाडौं । विश्वमै विद्युतीय गाडी बिक्री–वितरणमा तहल्का मच्चाउँदै आएको चिनियाँ कम्पनी बीवाइडी आफ्ना ग्राहकलाई आकर्षित गर्न तत्पर छ । इलेक्ट्रिोनिक भेहिकल (इभी)ले विश्वकै ध्यान खिचिरहेका बेला बीवाइडीले आफ्नो उत्पादनमा नयाँ सुविधा बढाउँदै ग्राहकलाई आकर्षित गर्दै आएको हो ।

यसैक्रममा हालै बीवाइडीले ‘सिलायन–७’ बजारमा ल्यायो । जसलाई नेपाली बजारमा पनि रुचाइने कम्पनीको विश्वास छ । बीवाइडीको नयाँ मोडल सिलायन–७ बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा अटो शो’मा प्रदर्शनीमा राखिएको छ । ‘एटो थ्री’ र ‘डल्फिन’को अपार सफलतापछि बीवाइडीले ‘सिलायन–७’ नेपाली बजारमा भित्राएको हो ।

बीवाइडीको ‘सिलायन–७’ मोडलको कारलाई नेपाली ग्राहकले रुचाउने कम्पनीको विश्वास छ । नेपालका लागि बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इन्कले एक साता अघिमात्र नेपाल भित्रिएको यो कार ‘नाइमा अटो शो–२०२४’मा आकर्षण बनेको छ ।

साइमेक्स इन्कका कन्ट्री सेल्सर अशुतोष गौतमका अनुसार बीवाइडी ‘सिलायन–७’ नाइमा अटो शोका लागि नयाँ आकर्षण हो । उनले बीवाइडीको ‘सिलायन–७’सँगै ‘एटो–१’ अर्थात ‘सिगल’ पनि अटो शोका लागि आकर्षण रहेको बताए ।

उनले भने, ‘सिलायन–७ एक साताअघि मात्र नेपाल भित्राइएको हो । जुन पहिलोपटक अटो शोमा प्रदर्शनी गरिएको छ । त्यसबाहेक बीवाइडीको एटो–१ पनि ग्राहकका लागि आकर्षण बनेको छ ।’ नाइमा अटो शोमा सिलायन–७ र एटो–१ ले कार पारखीलाई थप आकर्षण गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘हाम्रो नियमित बिक्री हुँदै आएका एटो–३ र डल्फिन त छँदैछ, त्यसबाहेक यस पटक सिलायन–७ र एटो–१ पनि थपिएका छन्’ उनले भने, ‘यी दुवै नेपाली अटो बजारका लागि नयाँ हुन् ।’

बीवाइडीले ‘सिलायन–७’ मोडलको कारलाई ग्राहकलाई उत्प्रेरित गर्ने ‘विलासी कार’ भनेको छ । ‘बीवाइडी सिलायन–७ केवल इभीमात्र होइन, यो तपाइँलाई उत्प्रेरित गर्न डिजाइन गरिएको एक विलासी अनुभव हो’ कम्पनीले भनेको छ, ‘यसको वायु गतिकीय डिजाइनदेखि प्रविधिलाई भव्यताका साथ मिश्रण गर्दै ड्राइभ सुविधालाई ध्यानमा राखेर डिजाइन गरिएको छ ।’

एक वर्षअघि मात्र स्थापित अटो व्यवसायीको संस्था नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसनले पहिलोपटक आयोजना गरेको ‘नाइमा अटो शो’मा ५० भन्दा बढी ब्राण्डले सहभागी जनाएका छन् । जहाँ, अवलोकनकर्ताको ध्यान बीवाइडीले खिचेको छ किनकि, बीवाइडीले नयाँ मोडल र फिचरसहितका कारहरु प्रदर्शनमा राखेको छ ।

इभीको लोकप्रियता बढ्दै जाँदा बीवाइडीले चर्चा बटुल्दै गएको छ । यससँगै नेपाली बजारमा पनि बीवाइडी ब्राण्डका कारहरु लोकप्रिय बन्दै गएको हो । एसियासँगै अमेरिका र युरोपमा समेत बीवाइडीले बजार ओगट्दै गइरहेको छ । सोही क्रममा सन् २०२४ मा कार बिक्रीमा विश्वमै रेकर्ड तोडेको थियो । त्यसयता बिक्री वितरणका लागि हिसाबमा बीवाइडीले विश्व अटो बजारमा पहिलो स्थान ओगट्दै आएको छ ।

साइमेक्स इन्कका गौतमका अनुसार विश्वको बजार हेर्दा सन् २०२४ मात्र चार ४.४ मिलियन बीवाइडीका कार बिक्री भएको थियो । नेपाली बजारमा बीवाइडीका ७ हजारभन्दा बढी बिक्री भएका छन् । अशुतोष गौतमले भने, ‘अहिले नेपाली बजारमा सात हजारभन्दा बढी बीवाइडीका गाडी गुडिरहेका छन् ।’

उनका अनुसार गत आर्थिक वर्षमा मात्र नेपाली बजारमा करिब तीन हजार बीवाइडीका कार बिक्री तथा बुकिङ भएको थियो । सेल्सर गौमतका अनुसार नेपालमा बीवाइडीका ‘एटो थ्री’ र ‘डल्फिन’ बढी रुचाइएको छ । उनले भने, ‘हालसम्म बिक्री तथा बुकिङलाई आधार मान्ने हो भने एटो थ्री र डल्फिन बढी रुचाइएको पाइयो । त्यसबाहेक बीवाइडीका अन्य मोडलहरु पनि राम्रै गइरहेको छ ।’

बीवाइडीका विशेषताहरु

सन् २०२४ भर्सनको बीवाईडी एट्टो–३ नेपाली ग्राहकले औधी रुचाए । अहिले पनि एट्टो–३ उत्तिकै लोकप्रिय छ । सम्भवतः नेपाली सडकमा सबैभन्दा बढी गुड्ने इभीमा बीवाइडीको ‘एट्टो–३ हुनसक्छ । त्यसबाहेक बीवाइडी डल्फिनमा पनि हो ।

नेपालमा बीवाईडी एट्टो–३ २०२४ भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध छ । जसमा एड्भान्स्डमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याक छ भने यसको बजार मूल्य ५६ लाख ९० हजार रुपैयाँ छ ।

त्यस्तै, सुपेरियरमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक छ । कम्पनीका अनुसार यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ रहेको छ । यी दुवै मोडलमा १०० किलोवाटको मोटर रहेको छ । बीवाईडी एट्टो–३ को २०२४ भर्सन कसमस ब्ल्याक, स्कि ह्वाइट, बुल्डर ग्रे र सर्फ ब्लु गरी चार कलर अप्सनमा उपलब्ध छ ।

बीवाइडी एट्टो–३ ई–प्लेटफर्म ३.० मा बनेको छ । सुरक्षित ब्लेड ब्याट्रीद्वारा संचालित बीवाईडी एट्टो ३ मा इको–फ्रेन्ड्ली डिजाइनसहितको पावरफुल पर्फमेन्सको सम्मीश्रण छ । यसको डिआईलिंक सिस्टममा उपलब्ध गराइएको नयाँ फिचर ‘क्याम्पिङ मोड’ले गाडीलाई थप भर्सटाइल बनाउन भूमिका खेलेको छ । यसैले एड्भेन्चर तथा आउटडोरमा रमाउन चाहनेहरुका लागि रुचिकर बनेको छ ।

कम्पनीका अनुसार बीवाइडी सिलाइन–७ को फ्रन्टमा डबल यू डिजाइनको फ्लोटिङ एलईडी हेडलाइट, कर्भी डिजाइनको फुलविथ एलईडी टेललाइट, फ्लस डोर ह्याण्डल, २० इन्चको ह्वील तथा डकटेल डिजाइनको रियल स्पोइलर एक्सटेरियर फिचर दिइएको छ । सिलायन–७ को लम्बाइ ४८३० एमएम, चौडाइ १९२५ एमएम, उचाइ १६२० एमएम तथा २९३० एमएमको ह्वीलबेस रहेको छ । यो ईभीको बनेट मुनि ५८ लिटरको ट्रक तथा रियरमा ५०० लिटरको बुटस्पेश रहेको छ ।

यसमा आकर्षक डिजाइन तथा प्रिमियम फिचरप्याक र इन्टेरियर डिजिटल कन्ट्रोल रहेको छ । सिलायन–७ मा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १५.६ इन्चको रोटेटिङ टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, एचयूडी डिस्प्ले, प्यानारोमिक ग्लासरुफ, इलेक्ट्रिक टेलगेट, १२ स्पीकरसहितको सराउण्ड साउण्ड सिस्टम, एनएफसी कार्ड की, ५० वाटको वायरलेस चार्जर, ड्राइभर फटिग मोनिटरिङ सिस्टम, भेहिकल टु लोड चार्जिङ आदि क्याबिन फिचर रहेको छ ।

कम्पनीका अनुसार नापा लेदर कभर रहेको एटवे पावर एड्जस्टमेन्टसहित भेन्टिलेटेड फ्रन्टसिट, फोरवे पावर लम्बार एड्जस्टमेन्ट, मेमोरी फङ्सन, सिक्सवे पावरफ्रन्ट प्यासेन्जर सिटले चालक र प्यासेन्जरलाई सहज बनाएको छ ।

साथै, सुरक्षाका लागि यो एसयूभीमा ११ वटा एयरब्याग, ३६० डिग्री क्यामरा, फ्रन्ट तथा रियर पार्किङसहित १२ वटा सेन्सर, राडार, डिजिटल भिडियो रेकर्डर, हिलहोल्ड, अटोहोल्ड, हाइबिम असिस्ट, लेन डिपार्च वार्निङ, इमेर्जेन्सी लेन किपिङ असिस्ट, फ्रन्ट क्रस ट्राफिक ब्रेक, रियर क्रस ट्राफिक ब्रेक आदि फिचर रहेको छ ।

सिलायन–७ मा सिंगल मोटर रहेको प्रिमियम भेरियन्टमा २३० किलोवाटको रियर ह्वील ड्राइभिङ मोटर तथा अलह्वील ड्राइभसहितको प्रफर्मेन्स भेरियन्टमा ३९० किलोवाटको ड्युल मोटर रहेको छ ।

यो ईभीमा ८२.५६ किलोवाट आवरको एलएफपी ब्लेड व्याट्रीप्याक दिइएको छ । यो ब्याट्रीप्याकले १५० किलोवाटको डीसी फास्ट चार्जर तथा ११ किलोवाटको एसी चार्जर सपोर्ट गर्छ । यो एसयूभीले एक पटकको फुलचार्जमा ४५६ किलोमिटरको डब्लूएलटीपी रेन्ज दिन्छ ।

बीवाइडीको ब्याट्री वारेन्टी

साइमेक्स इन्कका अनुसार सबै बीवाइडी (ईभी)मा व्यापक विस्तारित वारेन्टी नीति लागू गरिएको छ । इभीको आफ्टर सेल्स सपोर्टका क्षेत्रमा यो उद्योगकै नयाँ बेन्चमार्क भएको कम्पनीको दावी छ । बीवाइडीका एड्भान्स्ड इलेक्ट्रिक भेहिकल टेक्नोलोजीमा उपलब्ध ग्राहक सन्तुष्टिका वारेन्टी उपलब्ध गराएको हो ।

गौतमका अनुसार बीवाइडीका ब्याट्रीमा कभरेजअनुसार वारेन्टी÷ग्यारेन्टी दिइएको छ । पहिले उपलब्ध ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टीलाई बढाएर १० वर्ष वा २ लाख किलोमिटर पु¥याइएको छ । यो ईभी उद्योगकै सबैभन्दा लामो वारेन्टी कभरेज हो ।

यस्तै, मोटर वारेन्टी ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरबाट बढाएर १० वर्ष वा २ लाख किलोमिटर पु¥याइएको छ । लाइट, टायर प्रेसर मोनिटरिङ होल भेहिकल वारेन्टीमा हाल उपलब्ध ४ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी बढाएर ५ वर्ष वा १ लाख २५ हजार किलोमिटर पु¥याइएको छ ।

यस्तै, जनरल भेहिकल पाट्र्समा कन्जुमेबल तथा आयल, चार्जिङ इक्विपमेन्ट, गिफ्ट र रेफ्रिजेरेटरलगायतका विभिन्न पाट्र्सबाहेकका सबै भेहिकल पाट्र्समा रहेको ६ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टीलाई बढाएर ७.५ वर्ष वा १ लाख ८७ हजार ५ सय किलोमिटर पु¥याइएको छ ।

अटोमोबाइल उद्योगकै उत्कृष्ट आफ्टर सेल्स सपोर्टका साथ अत्याधुनिक सवारीसाधन उपलब्ध गराएर विद्युतीय सवारीको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न सदैव प्रतिवद्ध रहेको साइमेक्सले जनाएको छ ।

नेपालभर रहेका १३ भन्दा बढी अत्याधुनिक सर्भिस सेन्टर तथा बढ्दो सेल्स र चार्जिङ नेटवर्कमार्फत बीवाईडीका ग्राहकले आफ्नो यात्राका क्रममा जहाँबाट पनि सपोर्ट प्राप्त गर्न सक्ने सेल्सर गौतमले बताए ।

वातावरणमैत्री यातायातमा जोड

नवप्रवर्तन र दिगो वातावरणमैत्री यातायात समाधानका साथ साइमेक्स इन्कले नेपालको विद्युतीय सवारी क्रान्तिमा लगातार नेतृत्व प्रदान गर्दै आएको छ । जसअन्तर्गत बृक्ष रोपण तथा पिछाडिएका वर्गलाई सहायता प्रदान गर्दै आएको साइमेक्स इन्कले जनाएको छ । यस्तै, लोपोन्मुख डल्फिन संरक्षणका लागि साइमेक्सले ‘पोजेक्ट डल्फिन’ फण्ड सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्