Logo
Logo

मदनले चुनावका लागि प्रयोग गरेको घरमा विद्याले खोलिन् सम्पर्क कार्यालय


14.3k
Shares

काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यता नवीकरण रोकेर सक्रिय राजनीतिमा फर्कने बाटो बन्द गरे पनि पूर्वराष्ट्रपति विद्या भण्डारीले आफ्नो राजनीतिक गतिविधि तीव्र पार्ने भएकी छन् ।

The current image has no alternative text. The file name is: bidya.jpg

एमालेको निर्णयलाई चुनौती दिँदै भण्डारीले बानेश्वरको थापागाउँ हाइटमा सम्पर्क कार्यालय स्थापना गर्न घर भाडामा लिएकी छन् । यो घर २०४८ मा मदन भण्डारीले चुनाव प्रचारका लागि प्रयोग गरेका थिए, जहाँबाट उनले तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए ।

भण्डारीले मदन भण्डारी फाउन्डेसनमार्फत देशभरका नेता–कार्यकर्तासँग जोडिने योजना बनाएकी छन् । कार्यालय उद्घाटनको तयारीमा सरसफाइको काम भइरहेको छ ।

भण्डारीनिकट नेताका अनुसार, यो घरसँग उनको भावनात्मक सम्बन्ध र मदनको राजनीतिक विरासत जोडिएको छ । फाउन्डेसनले जननेता मदन भण्डारीको हीरक जयन्ती मनाउन बागमतीका पूर्वमुख्यमन्त्री डोरमणी पौडेलको संयोजकत्वमा समिति गठन गरेको छ । 

एमालेले राष्ट्रपतिजस्तो सम्मानित पदमा पुगेको व्यक्ति सक्रिय राजनीतिमा नफर्कनुपर्ने अडान लिए पनि भण्डारीले आफ्नो ४५ वर्ष पुरानो पार्टी सदस्यता कसैले खोस्न नसक्ने बताएकी छन् । उनले चाँडै देशव्यापी अभियान सुरु गर्ने योजना बनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्