Logo
Logo

तुर्कमेनिस्तानबाट आज स्वदेश फर्किँदै प्रधानमन्त्री


378
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदैछन् । एलएलडिसीको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर उनी नेतृत्वको टोली आज काठमाडौं फिर्ता हुन लागेको हो ।

नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउन १८ गते मध्यराति तुर्कमेनिस्तान गएका प्रधानमन्त्री आज राति काठमाडौं आइपुग्ने उनको सचिवालयले जनाएको छ ।

नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको सम्मेलन यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना भएको थियो । सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।

सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग पनि भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्