Logo
Logo

उत्तराखण्ड बाढीमा बेपत्ता हुने नेपालीको संख्या २२ पुग्यो


1.2k
Shares

काठमाडौं । मजदुरीका लागि गएका धादिङका चार जना पनि भारतको उत्तराखण्ड बाढीमा बेपत्ता भएका छन् । ज्वालामुखी गाउँपालिकाका २ काफलपानी ठेगाना भएका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ सम्पर्कविहीन भएका हुन् ।

उनीहरुको खोजीका लागि गृह मन्त्रालयमार्फत् भारतीय दूतावासलाई अनुरोध गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

साउन २० गते भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको धराली गाउँमा बादल फाट्दा अचानक आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पु¥याएको छ । त्यहाँ खोज तथा उद्धार कार्य जारी छ ।

सोही बाढीमा जाजरकोटका १३, बर्दियाका ४ र जुम्लाका एक जना सम्पर्कविहीन भएको स्थानीय जनप्रतिनिधिहरुमार्फत् जानकारी आएको थियो । धादिङका समेत चार जना थपिएपछि सम्पर्कविहीन हुने नेपालीको संख्या २२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्