Logo
Logo

कर्णालीमा कांग्रेस-एमालेबीच खटपट


1.5k
Shares

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सत्ता साझेदार नेकपा एमाले र नेपाली कांग्रेसबीच मनमुटाब सतहमा आएको छ । शुक्रवार सुर्खेतको सिद्धार्थ होटलमा आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको कार्यविधि संशोधनसम्बन्धी छलफल कार्यक्रम नेपाली कांग्रेसले बहिष्कार गरेको छ ।

The current image has no alternative text. The file name is: karnali-1.gif

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, मन्त्रीहरू, कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, प्रदेश योजना आयोगका पदाधिकारी, सचिवहरू र स्थानीय तहका प्रतिनिधिहरू सहभागी थिए । तर, प्रस्तुतीकरण सुरु हुनासाथ शाहीले आउने वर्षको कार्यविधिमा अहिले छलफल गर्नु अनावश्यक भन्दै विरोध जनाए ।

उनले अतिथि सूचीमा आफ्नो नाम नपरेकोमा समेत आक्रोश व्यक्त गर्दै हलबाट बाहिरिए । उनलाई पछ्याउँदै कांग्रेसका अन्य सांसदहरूले पनि कार्यक्रम बहिष्कार गरे । मुख्यमन्त्री कँडेलले प्राविधिक त्रुटि भएको हुन सक्ने भन्दै छलफललाई सत्तारूढ गठबन्धनको विषय नबनाउन आग्रह गरे । पछि प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले पनि बहिष्कार गर्‍यो ।

यस्तै, बिहीबार बिहान नेकपा एमाले संसदीय दलको कार्यालयमा दलका नेता तथा मुख्यमन्त्री यामलाल कँडलेको अध्यक्षतामा बसेको बैठकले नेपाली कांग्रेस संयुक्त सरकारको मर्मअनुसार नचलेको निष्कर्ष निकालेको थियो । 

उक्त बैठकले केन्द्रीय सरकार निर्माण गर्दा दुई पार्टीबीच भएको सम्झौताअनुसार सरकार निर्माण गर्दा पनि कर्णालीमा नेपाली कांग्रेसले सरकार सञ्चालनमा धोका दिँदै आएको आरोप लगाएको थियो । 

प्रतिक्रिया दिनुहोस्