काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग एकीकरणका लागि पहल गर्न वार्ता समिति गठन गर्ने निर्णय गरेको छ । १६ देखि १९ साउनसम्म काठमाडौंमा बसेको माओवादी स्थायी कमिटीको बैठकले यो निर्णय गरेको हो ।

‘विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्न वार्ता समिति गठन गर्ने सर्वसम्मत निर्णय भएको छ,’ माओवादीले तल्ला कमिटीहरूलाई पठाएको सर्कुलरमा उल्लेख छ ।
यस्तै, बैठकले समाजवादी मोर्चामा आबद्ध अन्य पार्टीहरू र समान विचारधारा भएका दलहरूसँग सहकार्य बढाउँदै एकताको पहल गर्ने निर्णय पनि गरेको सर्कुलरमा जनाइएको छ ।














