Logo
Logo

सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ जनाको मृत्यु


441
Shares

काठमाडौं । सुनसरीमा बस र विङ्गर ठोकिँदा ३ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

आज बिहान काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको विङ्गर भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलमा एकआपसमा ठोक्किएर दुर्घटना भएको हाे ।

दुर्घटनामा बस र विङ्गरमा सवार यात्रुमध्ये २ जनाको घटनास्थलमै मृत्यु भएको हो । पछि उपचारका क्रममा थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै २० जना घाइते भएको र उनीहरुको इनरुवा, विराटनगर न्यूरो र नोबेल अस्पतालमा उपचार भइरहेको सुनसरीका एसपी सुमन तिमल्सिनाले जानकारी दिए ।

बस चालक झापा अर्जुनधारा नगरपालिका–१ का ३६ वर्षीय गोपाल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने विङ्गर चालक घाइते भई उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्