Logo
Logo

लोडसेडिङ भइरहेको छ भनेर फैलाइएको हल्ला निरर्थक : उर्जामन्त्री


378
Shares

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लोडसेडिङ भइरहेको भनि फैलाइएको हल्ला निरर्थक भएको जिकिर गरेका छन्।

प्रतिनिधिसभाको बुधवारको बैठकमा सांसदहरूको मौखिक प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले मुलुकका केही क्षेत्रबाहेक देशभर विद्युत आपूर्ति सहज ढंगले भइरहेको बताए । उनले विद्युत विस्तार र आपूर्ति गर्ने कुरालाई सरकारले तीव्रताका साथ अगडि बढाइरहेको समेत बताए।

उनकाअनुसार हाल १७ अब ७२ करोड रुपैयाँ बराबरको विद्युत निर्यात भइरहेको छ भने १२ अर्ब ९२ करोड बराबरको जलविद्युत आयात भइरहेको छ।

सरकारले विद्युत निर्यातको माध्यमबाट पाँच अर्ब बराबर मुनाफा भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्