Logo
Logo

जसपा र राष्ट्रिय मुक्ति मोर्चाबीच एकता हुँदै


1.6k
Shares

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति मोर्चाबीच कार्यगत एकता हुने भएको छ । बिहीबार दिउँसो ३ बजे काठमाडौंको बानेश्वरस्थित कृष्णभोग पार्टी प्यालेसमा दुई पार्टीबीच कार्यगत एकता घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

मुक्ति मोर्चाका महासचिव केशव झाका अनुसार, भविष्यमा पार्टी एकता गर्नेगरी अहिले कार्यगत एकता गर्न लागिएको हो । दुई पार्टीबीच कार्यक्रमहरू मिलेरै गर्ने सहमति भएको छ ।

जसपा नेपाल विभाजन भएपछि जसपा बनेको हो । महतोले भने लोकतान्त्रिक समाजवादी पार्टी छाडेपछि मुक्ति मोर्चा गठन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्