Logo
Logo

सत्य निरूपण र बेपत्ता आयोगका पदाधिकारीको नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्चमा रिट दर्ता


504
Shares

काठमाडौं । द्वन्द्व पीडितहरूले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

पछिल्लो पटक सरकारले गरेको नियुक्तिमा दलीय भागबन्डा भएको र अयोग्य व्यक्तिहरूलाई छानिएको भन्दै पीडितहरूले आज रिट दर्ता गरेका हुन् ।

यसअघि सर्वोच्च प्रशासनले रिट दर्ता गर्न अस्वीकार गरेको थियो । त्यसविरुद्ध पीडितहरूले दिएको निवेदनमाथि सुनुवाइ गर्दै हिजो न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले रिटविरुद्धको दरपीठ आदेश बदर गरेको थियो । दरपीठ बदर भएसँगै पीडितहरूले नयाँ रिट दर्ता गरेका हुन् ।

३ सय ३४ जना द्वन्द्व पीडितले दुवै आयोगमा सरकारबाट भएको पछिल्लो नियुक्ति संविधान र ऐनको प्रावधान विपरीत भएकाले बदर हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्