Logo
Logo

प्रधानमन्त्री ओली चीन जाँदै, मोदी र सी जिनपिङसँग भेटवार्ता गर्ने


5.2k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शांघाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन भदौ १४ गते चीन जाने भएका छन् । सम्मेलन भदौ १५ र १६ गते (अगष्ट ३१ र सेप्टेम्बर १) बेइजिङमा आयोजना हुँदै छ । 

The current image has no alternative text. The file name is: Pm-oli-2.gif

चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्घाटन गर्ने उक्त सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुख सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीले सम्मेलनका क्रममा राष्ट्रपति सी र प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सन् २००१ मा स्थापित एससीओमा चीन, रुस, भारत, पाकिस्तान, इरान, बेलारुसलगायत १० देश सदस्य छन् । नेपाल सन् २०१६ देखि संवाद साझेदार छ । यो नेपालको तर्फबाट उच्चस्तरीय सहभागिताको पहिलो अवसर हो । सम्मेलनमा राजनीति, अर्थतन्त्र र सुरक्षा विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्