Logo
Logo

महाकालीको बनबासा पुलमा चार पांग्रे सवारीसाधन आवतजावतमा रोक


252
Shares

काठमाडौं । महाकाली नदीमा पानीको बहाव बढेपछि चार पांग्रे सवारी साधन आवतजावतमा रोक लगाएइको छ ।

गएराति ११ बजे महाकाली नदीमा एक लाख २६ हजार ७१२ क्युसेक पानी मापन गरिएको थियो । पानीको बहाव बढेपछि नेपाल–भारत सीमानाकामा रहेको महाकाली नदीको बनबासा पुलमा चार पांग्रे सवारी साधन आवतजावत बन्द गरिएको हो ।

दुई पांग्रे सवारी साधन र मानिस आवतजावत गर्न भने रोक नलगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
। आज बिहान ७ बजे महाकाली नदीमा पानी एक लाख नौ हजार ६२० क्युसेक मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्