Logo
Logo

नवलपरासीमा बस दुर्घटना हुँदा १३ जना घाइते


441
Shares

नवलपुर । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पुर्वी नवलपरासीको कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

कावासोती डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ७७७६ नम्बरको बस आफैँ अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । बसमा सवार २५ जनामध्ये १३ जना घाइते भएका प्रहरीले जनाएको छ । 

घाइतेको स्थानीय स्वास्थ्य संस्था र भरतपुरमा उपचार भइरहेको छ ।  घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्