Logo
Logo

वामदेव गौतमलाई नेकपा (एस)मा वरिष्ठ नेता र तेस्रो वरीयता  


5.7k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले वामदेव गौतमसहित पार्टी प्रवेश गरेका नेताहरूलाई जिम्मेवारी प्रदान गरेको छ । गौतमलाई वरिष्ठ नेता र तेस्रो वरीयता दिइएको छ । 

The current image has no alternative text. The file name is: Bamdev-Gautam.png

पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले गौतमसहित १३ जनालाई केन्द्रीय कमिटीमा समावेश गर्ने निर्णय गरेको छ ।गौतमसँगै नेकपा ९एस० मा प्रवेश गरेका तुलसा थापा, डीबी कार्की र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्य बनाइएको छ ।

त्यस्तै, ९ जनालाई केन्द्रीय सदस्य बनाइएको छ।केन्द्रीय सदस्यमा मनोनीत हुनेहरूमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र वम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमदशेर बागवान छन् ।

प्रतिक्रिया दिनुहोस्