Logo
Logo

बीपी राजमार्गमा भदौ १५ गतेसम्म राति सवारीसाधन चलाउन रोक


441
Shares

काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा रातिको समय १५ भदौसम्म सवारीसाधन चलाउन रोक लगाइएको छ । काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारीसाधन चलाउन रोक लगाएका हुन् ।

काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार १५ भदौसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म निजी तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाउने निर्णय भएको हो ।

देशभर मनसुन सक्रिय अवस्थामा रहेकाले कुनै पनि समयमा वर्षात्का कारण विपद् (बाढी, पहिरो)को अवस्था सिर्जना हुनसक्ने भएकोले थप १५ दिन रातिको समयमा सवारीसाधन चलाउन रोक्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए ।

यसअघि स्थानीय प्रशासनले बाढि–पहिरोको जोखिमलाई मध्यनजर गर्दै ७ असारदेखि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्