काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नाफा करिब साढे एक अर्ब घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब ४६ करोड रुपैयाँ नाफा घटेको हो ।

प्राधिकरणले गत आर्थिक वर्ष २०८१ /८२ मा ९ अर्ब ७ करोड बराबर नाफा कमाएको छ । आ.व. २०८१/८२ मा प्राधिकरणको करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ रहेको छ । जुन आ.व.२०८०/८१ को तुलनामा ३७.३२५ ले कम रहेको प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ।
आघिल्लो आव २०८०/८१ मा १० अर्ब ५३ करोड नाफा कमाएको थियो । आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणयता निरन्तर नाफामा रहेको छ ।











