Logo
Logo

वाणिज्य बैङ्कहरूले भदौ महिनाका लागि घटाए ब्याजदर


630
Shares

काठमाडौं । वाणिज्य बैङ्कहरूले भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर थप घटाएका छन् । २० वटा वाणिज्य बैङ्कको ब्याजदर सूचीअनुसार साउनको तुलनामा भदौमा औसत ब्याजदर ०.११ प्रतिशत विन्दुले घटेको छ ।

साउनमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ५.६८ प्रतिशत रहेकोमा भदौमा ५.५७ प्रतिशत कायम भएको छ । आठ बैङ्क-कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा र नेपाल एसबीआईले ब्याजदर घटाएका छन् ।

प्रभु बैङ्कले भने ब्याजदर ४.२५ बाट ५.३५ प्रतिशतमा बढाएको छ । बाँकी ११ बैङ्क–सिटिजन्स, एनएमबी, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन, प्राइम कमर्सियल, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य, नबिल, एनआईसी एसिया, माछापुच्छ्रे र नेपाल बैङ्कले ब्याजदर स्थिर राखेका छन् । बैङ्कहरूले छोटो अवधिका मुद्दती निक्षेपमा कम र लामो अवधिका लागि बढी ब्याजदर दिने गरेका छन् ।

ब्याजदर घट्दा बचत र कर्जाको ब्याजदर पनि स्वतः घट्छ । नेपाल राष्ट्र बैङ्कको मौद्रिक नीतिमार्फत नीतिगत दर ४.५ प्रतिशत, स्थायी तरलता सुविधा दर ६प्रतिशत र स्थायी निक्षेप सङ्कलन दर २.७५ प्रतिशत कायम छ । असारको पुँजीगत खर्चले निक्षेप बढे पनि कर्जा प्रवाह सुस्त रहेकाले बैङ्कहरूले ब्याजदर घटाएका हुन्।

व्यक्तिगत मुद्दतीमा बैंकहरूले तोकेको अधिकतम ब्याजदर  (प्रतिशत)

बैंकसाउनको ब्याजदरभदौको ब्याजदर
कृषि विकास५.४५.२
एभरेस्ट६.२५५.७५
नेपाल५.४५.४
लक्ष्मी सनराइज५.५
माछापुच्छ्रे
एनआईसी एसिया६.२५६.२५
प्रभु४.२५५.३५
स्टान्डर्ड चार्टड६.२६५.१३
राष्ट्रिय वाणिज्य५.५५.५
नबिल५.५५.५
ग्लोबल आईएमई
सिद्धार्थ५.७५५.५
प्राइम कमर्सियल
कुमारी५.४१५.२१
सानिमा६.१८५.७५
हिमालयन
नेपाल एसबीआई५.३५५.२५
इन्भेस्टमेन्ट मेगा५.२५५.२५
एनएमबी
सिटिजन्स५.५५.५

प्रतिक्रिया दिनुहोस्