Logo
Logo

झलनाथ र खड्गबहादुर विश्वकर्माबीच डल्लुमा भेटवार्ता


1.6k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माबिच भेटवार्ता भएको छ । 

The current image has no alternative text. The file name is: jahalanath.gif

दुई नेताहरुबीच खनाल निवास डल्लुमा आइतबार भेटवार्ता भएको हो । छलफलमा देशको पछिल्लो राजनीतिक अवस्था, कम्युनिस्ट पार्टीभित्र देखिएको समस्या र आगामी कार्यदिशाबारे छलफल भएको विश्वकर्माले जानकारी दिए । 

छलफलले देशको स्थिति निकै जटिल अवस्थामा रहेको, नेपालका कम्युनिस्ट आन्दोलनभित्र समस्या बढेर गएको र कम्युनिस्ट आन्दोलनको आगामी लाइन समाजवादी क्रान्ति नै रहेको निष्कर्ष निकालेको छ ।  त्यसका लागि इमानदार कम्युनिस्टहरू एकताबद्ध भएर जानुपर्ने विषयमा पनि छलफल भएको जनाइएको छ । 

यस्तै निष्क्रिय रहेको एमसीसीमा दलालहरूको सक्रियता र अनुनय विनयमा फेरि सक्रिय बनाउन खोजिएकोप्रति गम्भीर हुँदै आगामी दिनमा त्यसविरुद्ध ठोस योजना बनाएर जानुपर्नेमा पनि छलफल गरिएको जनाइएको छ ।  यद्यपि दुई पार्टीबिच एकताको विषयमा कुनै छलफल भएको छैन् । 

प्रतिक्रिया दिनुहोस्