Logo
Logo

विद्युत प्राधिकरण नाफामा छ : हितेन्द्रदेव शाक्य


441
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणले पछिल्ला केही वर्षदेखि निरन्तर नाफा कमाउँदै आएको बताएका छन् । प्राधिकरणको ४०औँ वार्षिकोत्सवका अवसरमा बोल्दै शाक्यले देशभर भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्दै सेवा सुदृढीकरणमा जोड दिइरहेको उल्लेख गरे ।

The current image has no alternative text. The file name is: hitendra.gif

उनले विगतका उपलब्धिहरूको समीक्षा गर्दै वर्तमान चुनौतीहरू समाधान गर्न र नेपालको प्रगतिमा बलियो योगदान पुर्‍याउन प्राधिकरण प्रतिबद्ध रहेको बताए । लामो समयसम्म कायम रहेको लोडसेडिङ अन्त्यलाई उनले प्रमुख उपलब्धिको रूपमा प्रस्तुत गरे । 

ऊर्जा विकासका लागि उच्च भोल्टेज प्रसारण लाइन र सबस्टेसनहरूको निर्माणमा प्राधिकरणले सक्रियता देखाएको उनको भनाइ छ । यसैगरी, ठूला जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत आयोजनाहरूको अध्ययन तथा निर्माणलाई प्राथमिकतामा राखिएको र वितरण प्रणालीको सुदृढीकरण तथा ग्राहकसम्म विद्युत् पुर्‍याउने संरचनाको विकासमा विशेष ध्यान दिइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्