Logo
Logo

कसैले रोई कराई गरेर सरकार ढल्दैन : अर्थमन्त्री पौडेल


567
Shares

तानसेन । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले एमाले र कांग्रेसको गठबन्धन सरकार २०८४ को आम निर्वाचनसम्म कायम रहने बताएका छन् । पाल्पामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले देशको विकास, स्थिरता र समृद्धिका लागि यो गठबन्धन सरकार निरन्तर अगाडि बढ्ने दाबी गरे । 

The current image has no alternative text. The file name is: bishanu.gif

उनले प्रतिनिधि सभाको अंकगणितअनुसार वर्तमान गठबन्धन सरकारले स्थिरता सुनिश्चित गर्ने बताए । ‘कसैको चाहना, रोइकराइ वा अनावश्यक कुराले यो सरकार ढल्ने अवस्था छैन,’ पौडेलले भने । मन्त्री पौडेलले देश विकासमा बाधक बनेका तीन प्रमुख अस्थिरताहरू– राजावादी प्रवृत्ति, एजेण्डाविहीन राजनीतिक अस्थिरता र सत्ता प्राप्तिका लागि प्रतिपक्षको चलखेल– समाप्त भएको बताए ।

उनले जनतालाई भ्रमित पार्ने र वर्तमान व्यवस्थाको विरोध गर्नेहरूको कुनै भविष्य नभएको जिकिर गरे । उपप्रधानमन्त्री पौडेल पाल्पाको रणउजेश्वरी भगवतीको रथयात्रामा सहभागी हुन तानसेन पुगेका थिए, जुन अङ्ग्रेजलाई युद्धमा पराजित गरेको खुसीयालीमा मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्