Logo
Logo

प्रधानमन्त्री ओलीलाई बल्ल भारत भ्रमणको औपचारिक निम्तो


441
Shares

काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् ।

आज बिहान नेपाल आएका मिश्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट नेपालका समकक्षी ओलीलाई भ्रमणको निम्तो दिएका हुन् ।

आइतबार सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका थिए । उक्त भेटमा ओलीलाई भारत भ्रमणको निमन्त्रणा दिएको भेटमा सहभागी प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले जानकारी दिए।

प्रधानमन्त्री ओली यही भदौ ३१ गते भारत भ्रमणमा जाने समाचार यसअघि नै सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्