Logo
Logo

घोराही ८ का वडाध्यक्षले दिए राजीनामा


4.3k
Shares

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका– ८ का अध्यक्ष जितेन्द्रबहादुर शाहले राजीनामा दिएका छन् ।

गत ०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट वडाध्यक्ष निर्वाचित भएका शाहले २०८० असार १२ गते राजीनामा दिएका थिए ।

उनले दिएको राजीनामा घोराही उपमहानगरपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले स्वीकृत गरेको हाे । शाहले बजेटमा असहमति जनाउँदै जनताको काम गर्न नसकेको भन्दै नगरप्रमुख नरुलाल चौधरीसमक्ष बुझाएका थिए ।

आफ्नै पार्टीबाट निर्वाचित मेयरले बजेट नै नहालिदिएको भन्दै उनी असन्तुष्ट थिए । उनको ठाउँमा वडा सदस्य चुडामणि चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्