Logo
Logo

मधेशी मोर्चाका नेताहरूसँग मिश्रीकाे ‘लञ्च मिटिङ’


1.3k
Shares

काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिश्रीले मधेशी मोर्चाका नेताहरूसँग सामूहिक भेट गर्दैछन् ।

मिश्रीले आज मध्याह्न १२ः ३० बजे महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, सीके राउत, हृदयेश त्रिपाठी र रेशम चौधरी लगायत मधेशवादी दलका नेताहरुसँग सामूहिक भेटघाट गर्ने भएका हुन् ।

भेटघाटको नियमति कार्यतालिका नभए पनि मधेशी मोर्चाका नेताहरूसँगको लञ्च मिटिङ हुने भएको स्रोतले जानकारी दियो । यसपछि दिउँसो २ः३० बजे विदेश सचिव दिल्ली फर्किंदै छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन आइतबार बिहान आएका मिस्रीले भ्रमणको पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री आरजु देउवा राणासँग भेटघाट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्