Logo
Logo

जंगीअड्डा पुगेर भारतीय विदेश सचिवले भेटे प्रधानसेनापति


441
Shares

काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिश्रीले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् ।

दुई दिने भ्रमणका लागि आइतबार काठमाडौं आएका मिश्रीले आज बिहान जंगीअड्डा पुगेर प्रधानसेनापति सिग्देलसँग भेट गरेका हुन् । भेटका क्रममा दुईपक्षीय हितको विषयमा कुराकानी भएको नेपाली सेनाले जनाएको छ ।

मिश्री प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन हिजो काठमाडौं आएका हुन् । आइतबारै उनले प्रधानमन्त्री ओली, राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिसकेका छन् ।

आज सोमबार मधेशी मोर्चाका नेताहरुसँग सामूहिक भेट गरेर उनी दिउँसो २ः३० बजे स्वदेश फर्किने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस्