Logo
Logo

रवि लामिछानेको स्वास्थ्यमा समस्या


1.4k
Shares

काठमाडौं । पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । उनको स्वास्थ्यमा केही समस्या देखिएपछि आज रगत जाँच गर्नका लागि रगत अस्पताल पठाइएको छ ।

The current image has no alternative text. The file name is: Rabi-Lamichhane.jpg

रास्वपा प्रवक्ता मनिष झाका अनुसार, सोमबार बिहान सभापति लामिछानेलाई भेट्न उपसभापति डोलप्रसाद अर्याल नख्खु कारागार गएका थिए ।

सो क्रममा उनको छालामा पहेँलोजस्तो देखिएपछि स्वास्थ्य जाँचका लागि अनुरोध गरिएको  हो । गत शनिवार रुपन्देही कारागारबाट नख्खु कारागार ल्याइएका लामिछानेको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको टोली उपचारका लागि जेलमै पुगेको छ । 

रविको स्वास्थ्य जाँचका लागि कारागार प्रशासनले ट्रमा सेन्टरका डाक्टरको टोली नख्खु कारागारमा झिकाएको हो । लामिछानेको रगत परीक्षण गरिएको छ । रगतको रिपोर्ट भने आइसकेको छैन । 

प्रतिक्रिया दिनुहोस्