Logo
Logo

अख्तियारलाई चक्मा दिने दाउ


6.3k
Shares

काठमाडौं । घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ परेका सरकारी वकिल प्रशासकीय अदालतको सदस्य हुन दौडधुप गरिरहेका छन् । एक साताअघि गृहमन्त्री रमेश लेखकलाई भेट्न चेम्बरमा पुगेका ती व्यक्ति गृहमन्त्रीलाई भेट्न नपाएपछि सिंहदरवारका सरकारी क्यान्टिनतिर अलमलिएका थिए ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाका विश्वास पात्र रहेका कोषहरि निरौलाले यतिबेला प्रशासकीय अदालतको सदस्य बन्न मन्त्रीको ढोका कोठा चाहारिरहेका छन् । उनी लेखकलाई भेट्न नपाएपछि प्रकाशमानसिंह श्रेष्ठलाई भेट्न पुगेका थिए । त्यसदिन उनलाई पनि भेट्न पाएनन्् ।

निरौला यतिबेला सिंहदरवारका क्याण्टिन र मन्त्रीहरूको सचिवालयमा हाजिर लगाउन पुग्छन । राजीनामा दिए पनि स्वीकृत भैसकेको छैन । उनी बिदामा रहेको र राजीनामा दिएको बहानामा सिंहदरवार चाहार्नु दैनिकी बनेको छ ।

कांग्रेस नेता तथा पूर्वमन्त्री अफ्ताब आलमको मुद्दा खुसीप्रसाद थारूको इजलासमा नपरूञ्जेल पेशी हटाएको आरोप लागेका निरौला सहन्यायाधिवक्ताबाट राजीनामा दिएर प्रशाससकीय अदालतको सदस्य बन्न खोजेका हुन् । उनको राजीनामा प्रधानमन्त्री केपी शर्मा ओली स्वीकृत गरेका छैनन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्च स्रोतका अनुसार कानुनमन्त्री चौरसियाले उनलाई प्रशासकीय अदालतको सदस्य बनाउन जोडबल गरिरहेपछि विवादमा रहेका व्यक्तिलाई नपठाउने प्रधानमन्त्री र गृहमन्त्रीबिच सहमति जुटेको छ ।

प्रशासकीय अदालतको अध्यक्षमा नियुक्तिका लागि न्याय परिषद्ले डा. टेकबहादुर घिमिरेलाई परामर्श दिइसकेको छ । कानुनमन्त्री चौरासिया निरौलालाई सदस्य बनाउन लाग्दा घिमिरेको नियुक्ति रोकिएको बताइएको छ । उच्च सरकारी वकिल कार्यालय बागलुङबाट ५ महिनामै वीरगञ्ज सरूवा भएका निरौला कानुनमन्त्रीका विश्वास पात्र मानिन्छन् ।

जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका जिल्ला न्यायधिवक्ता निरौलालाई ८० हजार घुससहित रंगेहात पक्राउ परेका थिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले टोलीले पक्राउ गरेर मुद्दा चलाएका निरौलाले पछि अदालतबाट सफाइ पाएका थिए । अफताब आलम काण्डपछि उच्च सरकारी वकिल कार्यालय वीरगञ्जबाट हटाइएका उनै निरौला प्रशासकीय अदालतमा जाने तयारी गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसमेत शंकित बनेका छन् ।

२०७५सालमा सेवाग्राहीसँग घुस लिएपछि उनलाई बुटवलबाट अख्तियारले रंगेहात पक्राउ गरेको थियो । त्यतिबेला अख्तियारको प्रवक्ता रामेश्वर दंगाल थिए । दंगाल अहिले रक्षा सचिव रहेका छन् । अदालतबाट सफाई पाएका निरौला प्रशासकीय अदालतमा नियक्ति लिएर एक पटक अख्तियारलाई चक्मा दिने दाउमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्