Logo
Logo

थलिँदै एनआइसी एसिया


3k
Shares

काठमाडौं । पछिल्ला केही वर्षयता बैंकिङ अभ्यासमा एनआइसी एसिया बैंक असफल हुन थालेको छ । जसकारण उसले लिएका रणनीतिहरू पनि असफल हुँदै आइरहेका छन् । पछिल्लो समय एनआइसी एसिया बैंक कमजोर बन्दै गएको छ । यसलाई पुष्टी गर्ने गरी बैंकको गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित भएको छ ।

गत आर्थिक वर्षमा एनआइसी एसिया बैंकको नाफामा अत्याधिक धेरै गिरावट आएको छ । बैंकको नाफा ७६.९७ प्रतिशतले खुम्चिएर १६ करोड १५ लाखमा सीमित भएको छ । अघिल्लो आवमा बैंकले खुद नापाm ७० करोड १४ लाख रुपैयाँ कमाएको थियो ।

विगतमा मनलाग्दी बाँडेको कर्जा अहिले असुली गर्न नसक्दा एनआइसी एसिया बैंक ‘हरितन्नम’ बन्दै गएको हो । कर्जा नोक्सानी बापतको प्रोभिजन अधिकांश बैंकले घटाउँदा यस बैंकको भने बढ्न पुगेको छ ।

बैंकको ऋण असुली प्रभावित भइ बढेको खराब कर्जा ‘प्रोभिजनिङ’ थपिँदा नाफा प्रभावित भएको हो । गत वर्ष बैंकले ४ अर्ब १४ प्रोभिजनिङ गरेको छ । अघिल्लो वर्ष बैंकले प्रोभिजनिङ ३ अर्ब ६८ लाख रुपैयाँ थियो ।

नागरिकबाट रकम लिएर चलाउने बैंकले कर्जा नोक्सानीमा नै थुप्रो रकम खर्चनु राम्रो होइन । तर एनआइसी एसिया बैंक पछिल्लो पटक आफ्नै विगतका गल्तीहरूको भूमरीमा पर्दै आइरहेको छ । अहिले पनि बैंकले सुध्रनका लागि कुनै पहल नचालेको विश्वस्त स्रोत बताउँछ ।

एनआइसी एसिया बैंकको खराब कर्जा भने २.८३ प्रतिशतले बढेर ६.२८ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्ष ३.४५ प्रतिशत रहेको खराब कर्जा बढेर ६.२८ प्रतिशत पुगेको हो । यस्तै, बैंकको ब्याज आम्दानी ४.४६ प्रतिशतले घटेर १० अर्ब २५ करोडमा सीमित भएको छ ।

राष्ट्र बैंक पनि एनआइसी एसिया बैंकको दूरावस्थामा मौन बसिरहेको छ । राजनीतिक रुपमा सेटिङ मिलाएका कारण पनि एनआइसी एसियालाई राष्ट्र बैंकले केही गर्न नसकेको स्रोतको दाबी छ । बैंकले सार्वजनिक गरेको गत आवको वित्तीय विवरणले बैंकको अवस्था निकै खराब देखाएको छ । यद्यपी यसमा पनि केही ‘मिसम्याच’ गरेर वित्तीय विवरण प्रकाशित गरिएको आशंका छ ।

एनआइसी एसिया बैंकको खराब कर्जा भने २.८३ प्रतिशतले बढेर ६.२८ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्ष ३.४५ प्रतिशत रहेको खराब कर्जा बढेर ६.२८ प्रतिशत पुगेको हो । यस्तै, बैंकको ब्याज आम्दानी ४.४६ प्रतिशतले घटेर १० अर्ब २५ करोडमा सीमित भएको छ ।

गत वर्ष बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब २१ करोड रुपैयाँ ऋणात्मक छ । अघिल्लो वर्ष यस्तो नाफा २ अर्ब ६६ करोडले ऋणात्मक थियो । यससँगै यस पटक पनि बैंकका शेयरधनीले लाभांश नपाउने भएका छन् । बैंकको नाफासँगै प्रति सेयर आम्दानी १.०८ रुपैयाँ र नेटवर्थ १२७.३० रुपैयाँ छ ।

नेपालको बैंकिङ क्षेत्रमा पछिल्ला वर्षमा सबैभन्दा बढी विवादमा आएको वाणिज्य बैंकमध्ये एनआईसी एशिया बैंक लिमिटेड अग्रपंक्तिमा छ । नेपाल राष्ट्र बैंकको ‘एकीकृत निर्देशन २०७४’को बारम्बार उल्लंघन, पारदर्शिता अभाव, ग्राहकसँग असमान व्यवहार र आन्तरिक शासन प्रणालीको कमजोरीका कारण यो बैंक नियामकीय नजरमा पटक–पटक परेको छ । तर विडम्बना, नियामकको चेतावनी र कारबाहीको असर बैंकको व्यवहारमा देखिएको छैन । यस बैंकको अवस्था हेर्दा कर्णाली विकास बैंककै बाटोमा लागेको स्पष्ट देख्न सकिन्छ ।

नियामकको चेतावनी र कारबाहीको असर बैंकको व्यवहारमा देखिएको छैन । यस बैंकको अवस्था हेर्दा कर्णाली विकास बैंककै बाटोमा लागेको स्पष्ट देख्न सकिन्छ । बैंकले कर्जा असुलीको वैकल्पिक उपाय अपनाउने सट्टा लिलामीलाई प्राथमिकता दिन थालेको छ । जुन बैंकिङ अभ्यास भन्दा फरक कुरा हो । ऋणीसँग वार्ता, पुनर्संरचना वा राहतका उपायहरूभन्दा लिलामीलाई अगाडि राख्नु बैंकको दीर्घकालीन विश्वास निर्माणको दृष्टिले घातक हुने विज्ञहरूको चेतावनी छ ।

जसले अझै ठूलो प्रश्न खडा गरेको छ, त्यो हो बैंकका सञ्चालक, उनीहरूका परिवार र सम्बद्ध निकायलाई विशेष लाभ दिने अभ्यास। निरीक्षणमा कतिपय मुद्दती खाता पुरानो मितिमा खोलेर नियम विपरीत बढी ब्याज दिने र लाभांश वितरण गर्ने कार्य गरेको पाइएको छ । यो अभ्यासले नियामकीय नियन्त्रण प्रणालीप्रति ठाडो चुनौती दिएको विज्ञहरूले औंल्याएका छन् ।

बैंकले कर्जा असुलीको वैकल्पिक उपाय अपनाउने सट्टा लिलामीलाई प्राथमिकता दिन थालेको छ । जुन बैंकिङ अभ्यास भन्दा फरक कुरा हो । बैंकले अनलाइन पोर्टलमार्फत सम्पत्ति कब्जा गर्ने नीति लिएको देखिन्छ । जुन बैंकिङको उद्देश्यभन्दा फरक र ग्राहकमैत्री नभएको नीति हो । ऋणीसँग वार्ता, पुनर्संरचना वा राहतका उपायहरूभन्दा लिलामीलाई अगाडि राख्नु बैंकको दीर्घकालीन विश्वास निर्माणको दृष्टिले घातक हुने विज्ञहरूको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्