Logo
Logo

विद्याको भेटघाट कार्यक्रममा नजान ओली पक्षको उर्दी


1.8k
Shares

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवार विराटनगरस्थित नेकपा (एमाले) मोरङको पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय भएको छ । सोमबार विराटनगर आइपुगेकी भण्डारी आज दिउँसो पान्चालीस्थित पार्टी कार्यालय पुग्ने कार्यक्रम रहेको छ ।

The current image has no alternative text. The file name is: bidya1.jpg

तर, एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले उक्त कार्यक्रमलाई लिएर असहयोगको नीति अपनाएको छ । ओली पक्षले पार्टीले कुनै औपचारिक भेला नराखेको भन्दै कार्यकर्तालाई सहभागी नहुन निर्देशन जारी गरेको छ । एमाले विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले सामाजिक सञ्जालमार्फत कुनै पनि कार्यक्रम नराखिएको र भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरेका छन् । 

भण्डारी पक्षका नेताहरूले एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मुख्यमन्त्री हिक्मत कार्कीलगायतका नेताहरूले कार्यकर्तालाई फोनमार्फत भण्डारीको कार्यक्रममा सहभागी नहुन दबाब दिइरहेका बताएका छन् । एमाले मोरङ र विराटनगर महानगर कमिटीमा भण्डारी पक्षको प्रभाव र नेतृत्व बलियो रहेको बताइन्छ । यो भेटघाटले पार्टीभित्रको आन्तरिक राजनीति र गुटबन्दीको बहसलाई थप सतहमा ल्याउने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्