काठमाडौं । सहकारी ठगी अभियोगमा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको समर्थनमा ३४ लाख जनाले हस्ताक्षर गरेका छन् ।

पार्टीका प्रवक्ता मनीष झाका अनुसार हस्ताक्षर सङ्कलन अभियान जारी छ र हालसम्म ३४ लाख हस्ताक्षर प्राप्त भएका छन् । अभियानका लागि ६५ लाख रुपैयाँ सहयोग रकम जुटेको छ ।
यो अभियान पश्चिमदेखि पूर्वी नेपालसम्म पुग्ने रास्वापाले जनाएको छ । रास्वपाले यस अभियानलाई ‘देश यात्रा’ नाम दिएको छ । यो यात्रा बुधवार कञ्चनपुरबाट सुरु भएको छ र यसको नेतृत्व पार्टीका सचिवालय सदस्य दीपक बोहोराले गरेका छन् ।














