
काठमाडौं । सशस्त्र प्रहरीले नयाँ भर्नाको लागि दरखास्त आह्वान गरेको छ ।
सशस्त्र प्रहरी बल मानवस्रोत विभागले आज एक सूचना जारी गर्दै ठूलो संख्यामा जवान, भान्से, कुचिकार, सूचीकार, केशकर्तक र चर्मकर्मी पदका लागि दरखास्त आह्वान गरेको हो ।
जवान ७८६ जना, भान्से २६, कुचिकार १०, सूचीकार १३, केशकर्तक १० र चर्मकर्मी १ गरि आठ सय ४६ जना माग गरिएको छ ।
ती रिक्त पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएकाले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सुचना प्रकाशित भएको मितिदेखि आगामी असोज ५ गतेसम्म दरखास्त दिन सकिने सशस्त्रले जनाएको छ ।
सूचना हेर्नुहोस् :














