Logo
Logo

संसद् छलेर करका दरमा हेरफेर गर्नु अपराध हो : वर्षमान पुन


504
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले सरकारले संसद्लाई छलेर करका दरमा हेरफेर गरेको भन्दै कडा आपत्ति जनाएका छन् ।

The current image has no alternative text. The file name is: Barsaman_Pun.jpg

‘सरकारले संसद्लाई बाइपास गरी केही करका दरमा परिवर्तन गरेको समाचार सञ्चारमाध्यममा आएको छ,’ शुक्रवार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘सुन र सुनका गहनामा २ प्रतिशत कर थपिएको छ ।’ उनले थपे, ‘सलाइको काठमा प्रयोग हुने कच्चा पदार्थको भन्सार शुल्क घटाइएको र किसमिसजस्ता सुक्खा फलफूलमा अन्तःशुल्क कम गरिएको जस्ता विषय बाहिर आएका छन् ।’ 

पूर्वअर्थमन्त्रीसमेत रहेका पुनले यस्तो कार्यलाई आर्थिक अपराधको संज्ञा दिए ।  ‘संसद् अधिवेशन चलिरहँदा र भर्खरै बजेट पास भएको अवस्थामा सरकारले पहिलो चौमासिकमै करका दरमा हेरफेर गरेको छ,’ उनले भने, ‘यसले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । संसद्लाई छलेर गरिएको यस्तो हेरफेर आर्थिक अपराध हो ।’

प्रतिक्रिया दिनुहोस्