Logo
Logo

उपसभामुखलाई हटाउन सरकारले अचम्मको फुर्ती देखायो : रास्वपा


441
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा रानालाई हटाउने निर्णयप्रति सरकारले अस्वाभाविक तदारुकता देखाएको टिप्पणी गरेको छ । शुक्रवारको प्रतिनिधि सभा बैठक सुरु भए लगत्तै आकस्मिक समय लिएर बोल्दै रास्वपाकी सचेतक निशा डाँगीले यस्तो धारणा राखेकी हुन् ।

The current image has no alternative text. The file name is: dagi.gif

उनले भनिन्, ‘जनताका समस्या समाधान गर्न सरकार सुस्त छ, तर उपसभामुखलाई हटाउन भने अनौठो तीव्रता देखाएको छ ।’उनले सरकारले निष्पक्षताको सट्टा पक्षपातको नयाँ मापदण्ड स्थापित गर्न खोजेको आरोप लगाइन् ।

साथै, विभिन्न मुद्दामा जोडिएका मन्त्री र आफ्ना निकटका व्यक्तिहरूलाई जोगाउँदै सरकार अगाडि बढिरहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्