
काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सञ्जाल टेलिग्राम बन्द गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।
आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सरकारको नाममा कारण देखाऊ आदेश जारी गर्दै दुबै पक्षलाई छलफलमा बोलाएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले साउन २ गते टेलिग्राम बन्द गर्न निर्देशन दिएको थियो । त्यसविरूद्ध भदौ ५ गते दायर रिटमा सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश किन जारी गर्नुपर्ने वा नपर्ने हो भन्नेबारे छलफल गर्न दुबै पक्षलाई अर्को पेसीमा बोलाएको हो ।
निवेदकले त्यति बेला जारी गरेको निर्देशन खारेज गरी परमादेश, प्रतिषेध लगायतको मागदाबी गरेको छ । टेलिग्राम बन्द गर्ने निर्देशन कार्यान्वयन नगर्न/नगराउन भनेर अन्तरिम आदेश समेत माग गरिएको छ ।














