Logo
Logo

दलाल र बिचौलियासँग फस्दा जनताले भरोसा मान्न छाडेँ : प्रचण्ड


882
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई समाजवादतर्फ रूपान्तरण गर्न उत्पादन सङ्घर्ष मुख्य आधार हुने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आर्थिक उत्पादन विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले उत्पादनमा केन्द्रित नभई समाजवाद सम्भव नहुने उल्लेख गरे ।

The current image has no alternative text. The file name is: prachnd-1.gif

प्रचण्डले पार्टीका केही नेताहरू दलाल पुँजीवाद, बिचौलिया र चन्दा प्रवृत्तिमा फस्दा जनताको भरोसा कमजोर भएको बताए । उनले यस्ता प्रवृत्ति तत्काल सुधार्न र नेताहरूको सोच र शैलीमा आमूल परिवर्तन आवश्यक रहेको जोड दिए । हेटौँडा महाधिवेशनको “युद्ध होइन, उत्पादन सङ्घर्ष” भन्ने निर्णय कार्यान्वयन गर्न नसकिएको स्वीकार गर्दै उनले जनतासँग जोडिन र उत्पादनलाई  प्राथमिकता दिन अभियान चलाउने बताए । 

कृषि, उद्योग, जडीबुटी र पर्यटनमा आधारित आत्मनिर्भर अर्थतन्त्र समाजवादको आधार हुने उल्लेख गर्दै प्रचण्डले सहकारी आन्दोलनलाई जनमुखी र समाजवादी बनाउनुपर्नेमा जोड दिए । सरकारमा रहँदा दलाल, नोकरशाही र बिचौलियाविरुद्ध सुशासन र समृद्धिको लडाइँ लडेको स्मरण गर्दै उनले यस्ता प्रवृत्तिसँग माओवादी केन्द्रको सहअस्तित्व असम्भव रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्