Logo
Logo

सूर्यदर्शन सहकारी ठगी प्रकरण : १० लाख धरौटीमा छुटे ज्ञानबहादुर बम्जन


756
Shares

कास्की । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन धरौटीमा छुटेका छन् । आइतबार कास्की जिल्ला अदालतमा हाजिर भएका बमजनलाई जिल्ला अदालतका न्यायाधीश शंकरकुमार राईको इजलासले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

आइतबार थुनछेक बहसपश्चात १० लाख धरौटी रिहा गर्न आदेश आएको अदालतका स्रेस्तेदार राजन खनालले बताए । बमजन सूर्यदर्शन सहकारी ठगीको मुख्य योजना एवं ग्यालेक्सी टेलिभिजन चलाउने कम्पनी गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईका जेठान हुन् ।

बमजनले नै राईलाई उक्त सहकारीमा लगेर अध्यक्ष बनाएका थिए । बमजनको कम्पनी एवं सहकारीमा काम गर्न थालेपछि जिबी राईका उनका बहिनी भगवती बमजनसँग दोस्रो विवाह गरेका थिए । भगवती पनि अहिले सहकारी ठगी अभियोगमा फरार छिन् ।
अदातलमा उपस्थित भएर बमजनले सहकारी ठगीमा आफू संलग्न नभएको इन्कारी बयान दिएका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा पेस गरेको अभियोगपत्रमा बमजन सहकारीको अध्यक्ष हुँदा १ करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ अपचलन गरेको अभियोग छ । सहकारीबाट अपचन भएको कुल रकम १ अर्ब ५१ करोड रुपैयाको संयुक्त अभियोग पनि बमजनमाथि लागेको छ ।

अदालतमा सहकारी पीडतका तर्फबाट अधिवक्ता युवराज पराजुली, बिबी विष्ट र दीपक शर्मा पौडेलले बहस गरेका थिए भने बामजनका तर्फबाट कानुन व्यवसायी द्रोण दाहाल र निर्मलराज पौडेलले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्