
काठमाडौं । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छन् । आज (सोमबार) बिहान शीतलनिवास पुगेर उपराष्ट्रपति भो ले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेकी हुन् ।
नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी हुन् ।
यसअघि उनले प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति यादव र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि भेटवार्ता गरेकी थिइन्। उनी भ्रमण पूरा गरेर आजै स्वदेश फर्कने तालिका छ ।














