Logo
Logo

महिलाविरुद्धका सबै विभेद अन्त्य हुनुपर्छ : अध्यक्ष नेपाल


441
Shares

समाजमा विद्यमान महिलाविरुद्ध हुने सबै प्रकारका विभेद, हिंसा र अन्यायको अन्त्य गर्नुपर्ने बताएका छन् ।

हरितालिका पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका तीज मनाउने सम्पूर्ण नेपाली नारीप्रति शुभकामना व्यक्त गर्दै उनले असमानताको अन्त्य गरी समतामूलक र प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुनुपर्ने बताएका हुन् ।

विभिन्न मौलिक पर्वहरूले विविधतामा एकता, धार्मिक, सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याइरहेको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले देशका मौलिक संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

विभिन्न मौलिक पर्वहरूले विविधतामा एकता, धार्मिक, सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्याइरहेको बताउँदै उनले यस्ता संस्कृतिले समाजका विकृति एवं अन्धविश्वासको निराकरण गर्ने बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले पछिल्ला दिनमा तीज मनाउने क्रममा कतैकतै देखिने भड्किलोपन र देखावटी गर्ने प्रचलन बढेकामा चिन्ता व्यक्त गर्दै मौलिक पर्वको संरक्षण गर्दै चाडपर्वभित्रका नकारात्मक पक्षलाई न्यूनीकरण गर्नुपर्ने उल्लेख गरे । उनले हिन्दू महिलाहरूले खुसी र उत्साहका साथ मनाउने हरितालिका तीजलाई अहिले अन्य समुदायले समेत महत्त्वपूर्ण पर्वका रूपमा लिने गरेको बताए ।

अध्यक्ष नेपालले नेपाली नारीहरूको ठूलो पर्व हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरे । दिदीबहिनीहरू जमघट भएर मनाइने तीजले वर्षभरिका पीर, व्यथा, हाँसो, खुसी आदिलाई गीत, नृत्य र अभिनयका माध्यमबाट समाजमा सांस्कृतिक सचेतनता फैलाउने बताउँदै उनले त्यसले सामाजिक न्याय तथा सामाजिक सशक्तीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्