Logo
Logo

बार एसोसिएसनद्वारा फैसला अध्ययन गर्न समिति गठन


882
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत र अन्य अदालतहरुको फैसला अध्ययन गर्न समिति गठन गरेको छ ।
बार कार्यसमितिले वरिष्ठ अधिवक्ता एवं न्यायपरिषदका पूर्वसदस्य उपेन्द्रकेशरी न्यौपानेको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा डा. सुष्मा बास्कोटा बराल, श्रीकान्त बराल, सानुभाइ शाक्य र माधवकुमार बस्नेत सदस्य छन् । कानूनी सिद्धान्त प्रतिकूलका, विवादास्पद एवं नजीरसँग बाझिएका फैसलाहरु अध्ययन गर्न समिति गठन गरिएको बारका अध्यक्ष विजय मिश्रले जानकारी दिए ।

बार निर्वाचनमा लोकतान्त्रिक र प्रगतिशील दुवै खेमाका कानून व्यवसायीहरुका समूहले आफूहरु निर्वाचित भएमा फैसला अध्ययन गर्न समिति गठन गर्ने घोषणा गरेका थिए । ३० साउनमा भएको निर्णय बारले मंगलबार सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्