Logo
Logo

भारतविरुद्ध अमेरिकाले किन शृँखलावद्ध करबृद्धि गर्दैछ ?


693
Shares

काठमाडौं । अमेरिकाले भारतविरुद्ध आजदेखि थप २५ प्रतिशत भन्सार कर लगाएको छ । उक्त कर आजदेखि लागु गर्ने जनाएको छ ।

अमेरिकाले बुधबार बिहान एक सूचना जारी गरी भारतबाट आफ्नो देश आउने सामानमा अबदेखि कुल ५० प्रतिशत कर लाग्ने जनाएको छ । यसअघि २५ प्रतिशत र अहिले थपिएको २५ प्रतिशत भारतसँग निर्यातबापत अमेरिकाले कुल ५० प्रतिशत कर लिने भएको हो ।

अमेरिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘२०२५ अगस्ट २७ वा यसपछि प्रयोगका लागि आउने वा गोदामबाट बाहिर निकालिने कुनै पनि भारतीय सामान यो बढेको करको दायरामा पर्नेछ ।’

भारतले रुसबाट कच्चा तेल खरिद गरेर युक्रेनविरुद्धको युद्धमा सहयोग पु¥याइरहेकाले ५० प्रतिशत भन्सार कर लगाइउको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । भारतले भने ट्रम्पको यो निर्णयलाई ‘अनुचित र तर्कहीन’ भनेको छ ।

अमेरिकाले भारतविरुद्ध यसअघि अप्रिल, २०२५ मा २६ प्रतिशत कर लगाउने घोषणा गरेका थिए, तर पछि यो निर्णय ९० दिनका लागि स्थगन गरेका थिए । यस्तै, जुलाई २०२५ मा ट्रम्पले अगस्ट १ देखि भारतीय सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । यसपछि अगस्ट २०२५ मा ट्रम्पले थप २५ प्रतिशत कर लगाउने घोषणा गरेर कुल करको दर ५० प्रतिशत पु¥याएको हो ।

प्रतिक्रिया दिनुहोस्