Logo
Logo

रविको मुद्दा उच्चका न्यायाधीश विष्टको इजलासमा


567
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो रिहाइको माग गर्दै उच्च अदालतमा दायर गरेको निवेदनमाथि आज सुनुवाइ हुँदैछ ।

सुप्रिम सहकारी सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेललले दायर गरेको निवेदनमाथि सुनवाइका लागि उच्च अदालत तुल्सीपुरको बुटवल इजलासका न्यायाधीश सागर विष्टको इजलासमा पेसी तोकिएको हो ।

आफ्नो भागको बिगो रकÞम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि लामिछानेले यही भदौ ९ गते उनले उच्च अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।


सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोग पत्र दायर गरिएको छ । तर रविले त्यसको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर बिगो (२ करोड ७४ लाख ८४ हजार) बैंक जमानत निवेदनसाथ पेस गरेका थिए । जिल्ला अदालतले भने उनको भागमा कति बिगो कायम हुने भन्ने नै यकीन नभएकाले रिहा गर्न नमिल्ने आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्